माछापुच्छ्रे  बैंकको दुलेगौडा शाखा संचालनमा



तनहुँ । माछापुच्छ्रे  बैंकले आइतबारदेखि संचालनमा आउने गरी दुलेगौडा शाखालाई शुक्लगण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा बजारस्थित मेनरोडमा स्थानान्तरण गरेको छ । शाखा स्थानान्तरको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन के।सीले गरेका छन् ।

नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने भएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्व ५९ करोड ८७ लाख रुपैयाँ छ । बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेर १ अर्व ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले जानकारी दिएको छ ।


पुष्प दुलाल