चुनाबको मुखैमा टुकुचाको पुल भत्किएपछि…



 

काठमाडौं । पुतली सडकदेखि रत्नपार्क जाने बाटोमा रहेको टुकुचा खोलाको पुल भत्किएको छ । पुल भत्किएपछि श्रेष्ठ टेलरिङ, पदमकन्या क्याम्पस हुँदै रत्नपार्क जाने बागबजारको सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

टुकुचा खोलामाथि लगाइएको पुलको बीचमा हात्ती छिर्ने भ्वाङ परेको हो । पुल कमजोर र पुरानो भएकाले भत्किएको स्थानीयबासीले बताएका छन् ।


पुष्प दुलाल