शुशीला कार्की सर्वोच्च अदालत फर्किइन्, तर मुद्दा हेरिनन्



काठमाडौं । प्रधानन्यायधीस शुशीलान कार्की आइतबार बिहान साढे ९ बजे सर्वोच्च अदालतको पुगेर आफ्नो नियमित काम सुरु गरेकी छन् ।

केही दिनअघि संसदमा कार्कीविरुद्ध महाभियोग प्रस्ताब दर्ता भएपछि उनी निलम्बनमा परेकी थिइन् ।

सर्वोच्चमा आइतबार यी न्यायधीसले मात्रै मुद्दा हेर्छन्

तर, शुक्रबार सर्बोच्चका न्यायधीस चोलेन्द्र शमशेर राणाको इजालसले कार्कीमाथि लगाइएको महाभियोग अघि नबढाउन आदेश दिएको थियो । सर्बोच्चको सोही आदेशलाई कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किएकी हुन्।

आइतबार बिहानै अदालत पुगेकी प्रधानन्यायधीस कार्कीले आफू र सर्वोच्चका बरिष्ठ न्यायधीस गोपाल पराजुलीलाई कुनै पनि पेशी तोकेकी छैनन् । कार्कीमाथि महाभियोग लागेपछि पराजुली कामू प्रधानन्यायधीस बनेका थिए ।

सर्वोच्चको प्रधान न्यायधीसको काम न्यायधीसहरुलाई मुद्दाको पेशी तोक्ने र आफूले पनि कुन मुद्दा हेर्ने भनेर आफ्नै पनि पेशी तोक्ने अधिकार छ ।

तर, कार्कीले सर्वोच्चकै आदेशबाट नियमित काममा फर्के पनि कुनै पनि मुद्दा आइतबार हेरेकी छैनन् । आइतबारको पेशीको सूचीमा उनले कुनैपनि मुद्दा नहेर्ने देखिन्छ ।


पुष्प दुलाल