यी सीइओ भए विकास बैंकहरुको नेता



काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व आएको छ ।

एसोसिएसनको शुक्रबार सम्पन्न साधारणसभाले मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमिति चुनेको हो ।

अध्यक्ष, महासचिव र कोषध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध भएको एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्णराज लामिछानेले जानकारी दिए ।

अध्यक्ष पदमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल र मुक्तिनाथ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल उठेका थिए । उनी ढकालसँग ५ मतले पराजित भए । कूल ४० मत खसेको मध्ये १ मत बदर भएको थियो । जसमा अध्यक्षका प्रत्यासी ढकालले २२ मत ल्याएका थिए भने पौडेलले १७ मत ल्याएका थिए ।

त्यसैगरी, प्रथम उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल र द्धितिय उापध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल निर्विरोध निर्वाचित भए ।

त्यसैगरी, महासचिवमा भिवोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल निर्वाचित भएका छन् । खनालले एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेललाई पछि पार्दै खनाल एसोसिएसनको कार्यसमितिमा इन्ट्री गरे ।

त्यस्तै, सचिव पदमा फेवा विकास बैंक, रेसम थापा निर्वाचित भए । थापा पनि न्यू इन्ट्री हुन् । थापाले मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीलाई पराजय गरे ।

तिनाउ विकास बैंकको प्रदिप श्रेष्ठ निर्वाचित भएका छन् । उनी यसअघिको कार्यसमितिमा सदस्य थिए ।

त्यसैगरी, सदस्यहरुमा सिन्धु विकास बैंकका सीइओ सञ्जिब प्रधान, वेस्टर्न डेभलपमेन्ट बैंक सीइओ खिमबहादुर जीसी, कञ्चन डेभलपमन्ट बैंकका सीइओ बिरुराम जैशी, कन्काई डेभलपमेन्ट बैंकका सीइओ प्रकाश बज्राचार्य र साहारा डेभलपमेन्टका निमित्त सिइओ अजितकुमार झा निर्विरोध निर्वाचित भएका छन् ।

यसबाहेक १ सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्ने र निवर्तमान अध्यक्ष दोस्रो बरियतामा रहने व्यवस्था छ । सबै गर्दा १३ सदस्यी कार्यसमिति हुन्छ । नयाँ कार्यसमितिको कार्याकाल २ वर्षको हो ।


पुष्प दुलाल