मेयरका उम्मेद्वारज्यूहरु यी फोटा हेर्नुहोस् त !




काठमाडौं । यतिबेला स्थानीय निकायको चुनावको माहोल तातेको छ । काठमाडौं उपत्यकाका मेयरका उम्मेद्वारहरुले उपत्यकालाई सुन्दर, व्यवस्थित बनाउने देखि मेट्रो रेल चलाउनेसम्मका घोषणा गरिरहेका छन् ।

तर, तीनै उम्मेद्वारहरुका घरमा अव्यवस्थित बिजुलीका तारहरुले उनीहरुलाई नै गिज्याइरहेको छ । अव्यवस्तिथ बिजुलीका तारहरुले सहरलाई कुरुप बनाएको अन्धाले बाहेक सबैले प्रष्टसँग देख्न सक्छ ।

उपत्यकाबासीले मेयरका उम्मेद्वारहरुलाई तपाई निर्वाचित भएको कति समयमा नाङगा तारहरुको व्यवस्थापन गरी जनताको सुरक्षा र सहरको सुन्दरता कायम गर्न सक्नुहुन्छ ? त्यसका लागि ठोस योजना के छ ? भनेर प्रश्न सोध्ने कि ।


पुष्प दुलाल