लक्ष्मी इक्विटी फण्डको एक अर्ब रुपैयाँको सार्वजनिक निष्कासन खुल्ला



काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले १० रुपैंयाँ प्रति कित्ताको दरले १० करोड कित्ता सेयर बैशाख २२ गते देखि जारी गर्ने भएको छ । १ अर्ब रुपैंयाँको यो सार्वजनिक निष्काशन अहिलेसम्मको ठूलो म्युचल फण्डको निष्काशन हो ।

लक्ष्मी क्यापिटल फण्डले ब्यवस्थापन गर्ने यस म्युचल फण्ड ७ बर्षको ‘क्लोज इण्ड’ म्युचल फण्ड हो ।

निष्काशन चाँडोमा बैशाख २६ गते र ढिलोमा जेठ ५ गते बन्द हुनेछ । इच्छुक लगानीकर्ताले घटिमा १०० कित्ता र बढिमा १ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसअघि पनिे लक्ष्मी क्यापिटलले लक्ष्मी भ्याल्यु फण्ड—१ नामको म्युचल फण्ड ल्याइसकेको छ । हाल फण्डको ‘नेट एसेट भ्याल्यु’ ११.५५ रुपैंयाँ छ भने अन्तिम कारोबार मुल्य १२.७५ रुपैंयाँ छ ।

सेयर बजारको बारे राम्रो जानकारी नभएका र जोखिम लिन नचाहने लगानीकर्ताका लागि म्युचल फण्डको लगानी उपयुक्त हुन्छ । जोखिम कम हुने हुनाले सेयर बजारको भन्दा केही कम तर, बचत, मुद्धती खाता वा अन्य खालको लगानीभन्दा उच्च प्रतिफल म्युचल फण्डले दिने गर्छ ।

नेपाली सेयर बजारमा हाल १० वटा म्युचल फण्ड रहेका छन् । उनीहरुले १५ देखि ३० प्रतिशतसम्म रिर्टन दिइरहेका छन् । जबकी अहिले ब्याजदर निकै उच्च भएको बेलामा समेत लगानीकर्ताले बैंकबाट १२ प्रतिशत भन्दा बढि ब्याज पाएका छैनन् ।


क्लिकमान्डु