काठमाडौं,पोखरा र भरतपुरमा नेपाली कांग्रेस र माओवादीबीच चुनावी तालमेल



काठमाडौं । तीनवटा महानगरपालिकामा सरकार साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ ।

सहमति अनुसार नेपाली कांग्रेस काठमाडौं र पोखरामा मेयर पदमा उठ्ने छ माओवादी केन्द्र उम्मेद्वार उपमेयरमा उठ्ने छन् । यस्तै भरतपुरमा माओवादी केन्द्र मेयर पदमा उठ्ने छ । कांग्रेस उम्मेद्वार उपमेयरमा उठ्ने छन् ।

नेपाली कांग्रेसबाट काठमाडौंमा राजुमान जोशी र पोखरामा रामजी कुवर उम्मेद्वार छन । भरतपुरमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पुत्री रेणु दाहाल उम्मेद्वार बनेकी छन् । ललितपुरमा भने सरकार साझेदार कांग्रेस माओवादीबीच तालमेल भएको छैन ।

सहमति अनुसार काठमाडौं र पोखरामा मेयरका उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिने छन् । यस्तै भरतपुरमा काग्रेस उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिने छन् । उम्मेद्वारी फिर्ता लिने विहीवार आज अन्तिम दिन हो ।

उपत्यकाका काठमाडौं र ललितपुरमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल भइसकेको छ । एमालेले मेयर लिएको छ भने राप्रपाले उपमेयर लिएको छ ।


क्लिकमान्डु