लक्ष्मी बैंकको नाफा ५७ करोड



काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ५६ करोड ९१ लाख रुपैंयाँ कमाएको छ । यो गत बर्ष सोहि अबधिको भन्दा २९ प्रतिशतले बढी हो ।

लक्ष्मीले हालै प्रोफेसनल दियालो बिकास बैंकलाई प्राप्ती गरेको छ भने एभरेष्ट बैंकसँग पनि मर्जरमा जाने बारे छलफलमा रहेको छ ।

बैंकले १०० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैंयाँ पुगेको छ । बैंकको जेगेडा कोषमा ४ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । बैंकको हाल प्रति सेयर आम्दानी १२ रुपैंयाँ छ ।

बैंकले निक्षेप संकलन ४३ अर्ब ७१ करोडबाट बढाएर ५७ अर्ब ८० करोड पुर्याएको छ । यस्तै कर्जा परिचालन पनि ३६ अर्ब ६८ करोडबाट ५० अर्ब २१ करोड पुगेको छ ।


पुष्प दुलाल