तीनकुने-एयरपोर्ट सडक खण्डमा आर्कषक बगैंचा बन्ने



काठमाडौं । काठमाडौं सहर अब हरित सहरको रुपमा विकसित हुने भएको छ । हरित सहरको रुपमा विकसित गर्नका लागि काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुने-एयरर्पोट खण्डमा बगैंचा बनाउन लागेको हो ।

नेपाल घुम्न आउने पयर्टकले नेपालको मानसिक चित्र एयरर्पोटबाट ओर्लिने वित्तिकै बनाउने भएकाले तीनकुने-एयरर्पोट खण्डमा सुन्दर बगैंचा बनाउन लागिएको काठमाडौं महानगरपालिकाका प्रमुख ईश्वरराज पौडेलले जानकारी दिए ।

बगैंचाले ओगट्ने स्थानलाई आर्कषक बनाउन दुवोसँगै विभिन्न प्रकारको फुलहरु रोपिने छ ।

‘नेपाल घुम्न आउने पयर्टकले नेपालको मानसिक चित्र एयरर्पोटबाट ओर्लिने वित्तिकै बनाउँछन्, उनीहरुको सोच अनुरुप नेपाल सुन्दर छ भन्ने सन्देश दिनका लागि बगैंचा बनाउन लागिएको हो,’ पौडेलले क्लिमाण्डूसँग भने ।

तीनकुने-एयरपोर्ट सडकखण्डमा बगैंचा बनाउने कार्ययमा सफलता मिले काठमाडौंका अन्य स्थानमा पनि बगैंचा निर्माण गरिने उनले बताए ।

पौडेलका अनुसार सडक हरियाली बनाउन सके उपत्यकामा हुने गरेको वायु प्रदुषण केहि मात्रमा भए पनि न्युनिकारण हुनेछ । जसको माध्यमबाट काठमाडौं वासीको स्वच्छ वातावरण बाँच्न पाउने अधिकार सुनिच्छित हुने छ ।

कस्तो हुन्छ बगैंचा ?

महानगरपालिकाले तीनकुने-एयरर्पोट खण्डको एयरर्पोटतर्फको जमिनमा बगैंचा निर्माण गर्न लागेको हो । बगैंचाले ओगट्ने स्थानलाई आर्कषक बनाउन दुवोसँगै विभिन्न प्रकारको फुलहरु रोपिने छ ।

कहिले सुरु हुन्छ ?

सो खण्डमा बगैंचाा बनाउने तयारीमा महानगरपालिकाले काम अघि बढाइरहेको पौडेलले जानकारी दिए ।

‘अहिले हामी उक्त स्थानमा कुन मौसमा बगैंचा बनाउन उपयक्त हुन्छ भनेर विज्ञसँग परामर्श लिइरहेका छौं, विज्ञको परामर्श आएपछि बगैंैचाका लागि उपयुक्त फुल छनोट गरेर काम सुरु गर्ने छौं,’ पौडेलले भने ।


पुष्प दुलाल