काठमाडौं र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल




काठमाडौं । काठमाडौं महानगर पालिका र ललितपुर महानगर पालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल हुने भएको छ ।

आज एमाले र राप्रपाबीच भएको सहमती अनुसार काठमाडौं र ललितपुरमा एलायन्समा उम्मेद्वारी दर्ता गर्ने सहमती भएको छ ।

राप्रपाले सोमबार प्रचण्ड सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

एमाले संसदीय दलमा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापाबीच काठमाडौं र ललितपुरमा मिलेर जाने सहमती भएको हो ।

सहमती अनुसार एमालेले दुई ठाउँमा मेयर उठाउने छ भने राप्रपाले उपमेयर उठाउने बताइएको छ ।


क्लिकमान्डु