एनसेलको सापटी योजना अन्र्तगत अब ३० रुपैयाँ पाइने




काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत बिनाकुनै सेवा शुल्क एनसेल सापटी लिन सक्नेछन् ।

यस योजना अनुसार सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत अब बिना कुनै सेवा शुल्क अझै बढि रकम सापटी स्वरुप लिन सक्नेछन् ।

मई दिवसको उपलक्ष्यमा ल्याइएको यो योजना आज सोमबारदेखि लागु हुनेछ । यो योजना अन्र्तगत प्रिपेड सेवाका ग्राहकले बिनाकुनै सेवाशुल्क रु ३० सापटी प्राप्तगर्न सक्नेछन् । दुई महिना वा सो भन्दा बढि देखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने ग्राहकले मात्र सापटी लिन पाउने छन् । सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिने छ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कलगर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवाप्रयोग गर्न सक्नेछन् ।

एस्ट्रिक्स९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटीलिइएको रकमग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाउने छ । यदि रिचार्ज गरिएको रकम रु ३० भन्दाकमभएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरि बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन् ।

एनसेलसापटी अन्तर्गतको यो योजना १५ दिनको लागिमान्य हुनेछ ।


क्लिकमान्डु