पञ्चकन्या समूहद्वारा रातोमछिन्द्र नाथको रथारोहण कार्यक्रममा सहयोग



काठमाडौं । पञ्चकन्या समूहले संस्थागत सामाजीक उत्तरदायीत्वअन्तर्गत रातो मच्छिन्द्र नाथ (बङ्गद्यो) मन्दिर निर्माणार्थ छड उपलब्ध गराएको र रथ जात्रा व्यवस्थापन गर्नको लागि मिखावहाः देगध: गुठीको माग बमोजिम ६०० वटा टि–शर्ट स्वयंसेवकहरुलार्ई उपलब्ध गराएको जनाएको छ ।

प्रत्येक नौ वर्षमा पर्ने पालो अन्तर्गत यसपाली मिखावहाः देगध: गुठीको पालो रहेको छ ।

कम्पनीका बरिष्ठ प्रबन्धक बिश्व जय पुडासैनी लगायतको टिमले उक्त गुठीका अध्यक्ष आपुलाल महर्जनलाई माग बमाजिमको सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु