ब्याजदर घट्ने सम्भावना देखिएन



काठमाडौं । भृकटीमण्डपमा तीनदेखि बैकिङ एक्स्पो चलेको छ । शुक्रवारदेखि चलेको एक्स्पोको आज अन्तिम दिन हो । कर्जा दिनको लागि चाहिने पैसाको अत्याधिक समस्या भोगेका बैंकहरु एक्स्पोमा निक्षेप तान्नको लागि आकर्षक ब्याजदर प्रस्ताव गरेका छन् ।

असोज मसान्त सकिएसँगै सुरु भएको लगानी योग्य रकमको अभावले बैंकहरुले मुद्दती निक्षेपमा सर्वसाधारणलाई १२ प्रतिशतभन्दा बढी ब्याजदर नदिने निर्णय लिए । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत कल खाता र बचत खाताको ब्याजदर समान हुनुपर्ने बताएपछि अहिले बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाएका छन् ।

बैकिङ एक्स्पोमा सहभागी भएका सेन्चुरी,एनआईसी एसिया,एनसीसी बैंकले ८ प्रतिशत ब्याजदरको प्रस्ताव गरेका छन् । अरु बैंकको प्रस्ताव पनि आकर्षक छ ।

केही बैंकले निक्षेप आकर्षक गर्नको लागि बीमाको योजनापनि ल्याएका छन् ।

एउटै स्थानमा विभिन्न बैंकका योजनाको जानकारी पाउनको लागि एक्स्पो भने सर्वसाधरणको लागि उपयोगी सावित हुन्छ । विभिन्न बैंकका योजनालाई एउटै स्थानमा तुलना गर्नको लागि एक्स्पो उपयोगी हुने देखिन्छ । मिडिया इन्टरनेशनले आयोजना गरेको तीन दिने एक्स्पोको आजको अन्तिम दिन हो ।


क्लिकमान्डु