हिमालय एअरलाईन्सले शुरु गर्यो काठमाडौं-दुबई हवाई सेवा



काठमाडौँ। नेपालको निजी वायुसेवा कम्पनी, हिमालय एअरलाईन्सले मध्य(पूर्व क्षेत्रमा आफनो उपस्थितिलाई कायम राख्दै काठमाण्डौँ र दुबईबिच आफनो पहिलो प्रत्यक्ष उडान सेवा सम्पन्न गरेको छ ।

हिमालयको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १०:४० (स्थानिय समय) मा प्रस्थान गरि दुबईको अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा १३:२५ (स्थानिय समय) मा अवतरण गरेको कम्पनीले जानकारी दियो ।

हप्ताको ३ दिन, सोमवार, बुधवार र शुक्रवार उडान गर्ने  हिमालय एअरलाइन्सले तीन वटा एअरवस मध्ये एउटा एअरवस यस मार्गमा सन्चालन गर्नेछ, जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको जनाएको छ ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एअरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि हो । एअरलाईन्सले मध्य(पूर्व क्षेत्रबाट पर्यटकहरुको आगमन र बहिगर्मनमा थप बढावा प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौ ।’

एअरलाईन्सले फिसटेल ट्राभल एण्ड टुरिज्म एलएलसी, दुबईलाई युनार्ईटेड अरव अफ इमिरेट्सको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु