गुगलको सिइओ पिचाईले एकै बर्षमा कमाए २६ अर्ब ३७ करोड रुपैयाँ




काठमाडौं । गुगलको प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईको तलब भत्ता सन् २०१५ को तुलनामा २०१६मा झण्डै डबल भएको छ ।

यस अबधिमा उनले थुप्रै नयाँ प्रोजेक्ट ल्याउन सफल भएको कम्पनीले ठहर गर्दै उनको सेवा सुबिधा बढाएको हो ।

उनको बार्षिक न्युनतम तलब ६ करोड ५० लाख डलर रहेको छ । उनको कामको प्रशांगर्दै कम्पनीले १९ करोड ८७ लाख डलर बराबरको सेयर समेत दिएको छ ।

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको सेयर यस बर्ष निकै बढेको छ । उक्त कम्पनीको मार्केट क्याप्टलाईजेशन ६०० अर्ब डलर बराबरको छ ।
पेचाईको नेतृत्वमा गुगलको एडभरटाईजिङ आम्दानी र युटुवको आम्दानी निकै बढेको छ ।

यस अबधीमा गुगलले मेशिन लनिङ, हार्डवयर र क्लाउड कम्पियुटिङमा ठुलो लगानी गरेको छ ।

यसको अलावा गुगलले सन् २०१६ मा नयाँ स्मार्ट फोन, भच्युल रियालीटी हेण्डसेट र वायस स्मार्ट कन्ट्रोल स्पिकर बजारमा ल्याएको थियो । जसले गुगलको नाफामा निकै ठुलो सहयोग गरेको थियो । एजेन्सीको सहयोगमा


क्लिकमान्डु