काठमाडौं आयो गरिमा बिकास बैंक, नयाँ बचत योजना संगै सामाजिक उत्तरदायित्वमा




काठमाडौं । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ बैंकले सो अवसर पारेर राजधानीको लाजिम्पाटमा सरसफाई तथा चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

बैंकले शनिबार काठमाण्डौंको लाजिम्पाटस्थित होटल एम्बेरसडरदेखि पानीपोखरी सडक खण्डमा सरसफाई कार्यक्रम गरेको हो ।

बैंकका सञ्चालक तथा ओम अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सरसफाई कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

‘हामी उत्कृट सेवा दिने लक्ष्यका साथ आक्रमक उपस्थिती जनाउँदैछौं । काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवात हो’ प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले भने ।

पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा आफ्नो मुख्य कार्यालय स्थानान्तरणको सबै प्रकृया पुरागरि चैत २७ देखि लाजिम्पाटबाट सेवा सुरु गरेको बैंकको औपचारिक उद्घाटन हुन बाँकी छ ।

आठ प्रतिशत व्याजदरको नयाँ बचत खाता
बैंकले बैशाख १५ गतेबाट ‘गरिमा शुभलाभ विशेष योजना’ सुरु गरेको छ । यस योजनामा सहभागि हुने सेवाग्राहीले वार्षिक आठ प्रतिशत व्याज पाउने बैकले जनाएको छ ।


क्लिकमान्डु