यसरी पो राखिएछ यी विश्वविख्यात ८ ब्राण्डको नाम




निकै छिटो जुनसुकै कुरामा पनि अभ्यस्त भैहाल्ने प्राणी हो मान्छे । कुनै नयाँ उपभोग्य बस्तु वा सेवा बजारमा आएपछि हामी त्यसको नाम र गुणको बारेमा कसैले खासै ध्यान दिइरहेको हुँदैन । तर नयाँ बस्तु र सेवा उपभोगमा तुरुन्तै अभ्यस्त हुन्छौं । र, आफ्नो जीवनशैलीमा प्रवेश दिन्छौं ।

अहिले हामीले प्रयोग गर्ने कैयौं उपभोग्य वस्तुहरु छन्, जो बिश्व प्रसिद्ध छन् । तर, ती बस्तुहरु सँधै यस्तै प्रसिद्ध थिएनन् । ती पनि कैयौं उतारचढावको सामना गर्दै यहाँसम्म आएका हुन् । तर, हामीले तिनलाई जीवनको अभिन्न अंग बनाइसकेकाले तिनका बिकासक्रमका बारे नसोचेका पनि हुन सक्छौं ।

यहाँ त्यस्तै तपाईं हामीले प्रयोग गर्ने केही बिश्व प्रसिद्ध ब्राण्डहरुको नामाकरण कसरी भयो भन्ने बारे उल्लेख गरिएको छ ।
पेप्सी
पेप्सीका आबिष्कारक क्यालेब ब्राडह्याम पहिले डाक्टर बन्न चाहन्थे । तर, पारिवारिक समस्याका कारण उनले मेडिकल स्कूल छाडे र फार्मेसिस्ट बने ।

उनको बास्तबिक आबिष्कारलाई ‘ब्राडस् ड्रि«ङ्कस्’ भनेर चिनिन्थ्यो । यो पहिले चिनी, पानी, क्यारामेल, कागतिको तेल र नटमेगको समिश्रणबाट बनेको थियो । पछि ब्राडह्यामले आफ्नो पेय पदार्थले पाचनलाई सहज बनाएपछि फेरि नामाकरण गरेर पेप्सीकोला बनाए । यो ‘डिस्पेप्सीया’ भन्ने शब्दबाट बनेको थियो, जसको अर्थ अपच भन्ने लाग्छ ।

गुगल
बिख्यात सर्च इन्जिन गुगलको नाम ‘टाइप मिस्टेक’ का कारण जुरेको थियो ।


गुगलका संस्थापक स्ट्यान्र्फड बिश्वबिद्यालयका बिद्यार्थीहरु सँग ‘ब्रेन स्टर्मिङ’ सेसनमा हुँदा googolplex भन्ने शब्द टाइप गर्दा एक बिद्यार्थीले गल्तीबश ‘google’ टाइप गरे । र, अन्ततः यही नामबाट कम्पनी दर्ता भयो ।

एडिडास
बिश्व बिख्यात खेलकुद सामग्री बनाउने कम्पनी एडिडासको नामाकरण पनि रोचक छ ।

एडिडासको संस्थापकको नाम एडल्फ ड्यास्लर adolf dassler थियो । उनले पहिलो बिश्व युद्धबाट फर्केपछि स्पोर्ट सुज बनाउने काम शुरु गरेका थिए । एडिडासको नाम भने उनको बोलीचालीको नाम एडिआइ र थरका पहिला तीन अक्षर डिएएस जोडेर बनाइएको हो ।

रोलेक्स
हान्स विल्सर्डफ रोलेक्स घडिका संस्थापक हुन् । उनी यस्तो नामको खोजीमा थिए, जो जुन सुकै भाषामा पनि सहजै भन्न सकियोस् ।

‘मैले अंग्रजी अक्षरहरुलाई हरेक तरिकाले खेंलाएँ, यसले मलाई सैयौं नाम दियो । तर, मलाई कुनै ठिक लागेन । एक दिन जब म लण्डन सहरमा घोडाले तान्ने टाङ्गामा चढेर सहर घुम्दै थिँए, तब मैले आकाशबाणी सुनें । कसैले मेरो कानमै आएर फुस्फुसाउँदै रोलेक्स भने झैं लाग्यो,’ विल्सर्डफले भनेका थिए ।

जारा
संसारकै दोस्रो धनी र युरोपको पहिलो धनी ब्यक्ति हुन अमानसिओ ओर्टेगा । उनी बिश्व प्रसिद्ध फेसन ब्राण्ड जाराका संस्थापक हुन् । उनको ब्राण्ड जाराको पुरानो नाम ‘जोर्बा द ग्रिक’ थियो । तर, त्यो नाम धेरै समय टिकेन ।


र्ओटेगाले खोलेको पहिलो जाराको आउटलेट सँगै र्जोबा नाम गरेको बार थियो । दुवै पसलको एउटै नाम भएको हुनाले उनले र्जोबा जस्तै सुनिने नाम खोज्दै जाँदा जारामा गएर अडिए ।

नाइक


बिश्व बिख्यात ब्राण्ड नाइक ग्रिक देवी नाइकको नामबाट लिइएको हो । नाइक देवी ‘बिजय’को देवी मानिन्छिन् ।

ग्याटोरेड
प्रसिद्ध स्पोर्टस् ड्रिङकस् ग्याटोरेडको नामाकरण पनि रोचक ढंगले भएको थियो ।


फ्लोरिडा बिश्वबिद्यालयका डाक्टरहरुले फ्लोरिडा ग्याटर्सका फुटबल खेलाडीहरुका लागि यस पेय पदार्थको आविष्कार गरेका थिए । ती खेलाडीहरु प्रचण्ड गर्मीका खेल्न निकै संर्घष गरिरहेका थिए । अन्ततः फ्लोरिडा ग्यार्टस कै नामबाट ग्याटोरेड बिश्व प्रसिद्ध हुन पुग्यो ।

अमेजोन
अमेजोन अहिले बिश्व चर्चित अनलाइन सपिङ प्लेटर्फम हो । यसका संस्थापक जेफ बेजोस ७८ अर्ब डलर सम्पत्तिका साथ बिश्वकै तेस्रो धनी ब्यक्तिको सूचीमा चढिसकेका छन् ।

जब बेजोसले सन् १९९५ मा कम्पनी शुरु गरे, तब उनी अर्कै नामको खोजीमा थिए । पहिला अनलाइन किताब पसलको रुपमा खुलेको अमोजोनको नाम ‘क्याडब्रा’ थियो । बेजोसले आफ्नो कम्पनीको नाम ‘रिलेन्टलेस’ पनि राख्न खोजेका थिए । तर, अन्ततः उनी अमेजोनमा आएर अडिए । अमेजोन बिश्वकै सबैभन्दा ठूलो खोला हो । कम्पनीको पहिलो लोगोमा पनि खोलाको आकृति थियो । एजेन्सीकाे सहयाेगमा


क्लिकमान्डु