सिम्रिक एयरले गर्यो ५५ दिन पछि जिवितै उद्धार



काठमाडौँ ।  वेपत्ता ताइवनी पर्यटक २१ वर्षीय लाइङ सिंङ युन लाई ५५ दिन पछि जिवितै उद्धार गरिएको छ । बाटो बिराएर फसेका उनलाई पर्यटकलाई सिम्रीक एयरका पाइलट सिदार्थ जंग गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले जिवितै उद्धार गरेका हुन् ।

नेपाल घुम्न आएका यि ताइवनी जोडी फागुन २० गते देखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्क पछि वेपत्ता बनेका थिए ।

‘वेपत्ता भएका ताइवानी पर्यटकलाई ५५ दिनपछि जिवितै उद्धार गर्न सफल भयौ’ उद्धारमा सम्लग्न सिम्रिक एयरका पाइलट सिद्धार्थ जंग गुरुङले भने ‘लङलाइनको माध्यमबाट उद्धार कार्य गरेका थियौ ।’
वेपत्ता भएको ५५ दिन पछि बुधबार धादिङको रुवीभ्याली स्थित एक खोला किनारको ओडारमा स्थानीयहरुले फेला पारेका हो । परिवार र ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओडारमा बसेको अवस्थामा युवकलाई गम्भिर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारे पछि एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेका थिए ।

धादिङबाट ट्रेकिङ गर्दै तेतुङ पास गर्न खोजेका ताइवानी युवायुवती हिमपातले बाटो नभेटे पछि वेपत्ता भएको उद्धारमा संलग्न लङलाइन रेस्क्यू गाइड छिरिङ डेण्डुप भोटेले बताए । विहान १० बजे भेटिएका पर्यटकलाई दिउसो २:३० बजे सिम्रीक एयरको हेलिकप्टर मार्फत काठमाडौ ल्याइएको हो । सिम्रिक एयरसँग लङलाइन रेस्क्युका बिशेषज्ञ पाइलट रहेका छन । लङलाइट रेस्क्यु गर्नेमा सिम्रिक एयर मुलुककै पहिलो हेलिकप्टर कम्पनी हो ।


क्लिकमान्डु