सरकार आर्थिक विकासका लागि निजी क्षेत्रसँग हिड्न तयारः उद्योग मन्त्री



काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकार मूलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुको स्वागका लागि उद्योग मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उद्योग मन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा परेको भन्लै यसले लगानीको वातावरण बनेको संकेतको रुपमा उल्लेख गरे ।

उद्योग प्रशासनमा रहेको जटिलताहरुलाई सरलिकृत गर्ने दिशामा उद्योग मन्त्रालयले कार्य शुरु गरिसकेको बताउँदै मन्त्री जोशीले यसको सुरुवात उद्योग विभागमा एकद्धार प्रणाली सेवाको सुरुवातबाट भैसकेको बताए ।

औद्योगिक वातावरण बनाउन मन्त्रालय अहिले नीतिगत सुधारमा लागेको मन्त्री जोशीले बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघ विशुद्ध आर्थिक मुद्धामा केन्द्रीत होस् भन्ने शुभकामना दिए ।

उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग प्रशासन अहिले निजी क्षेत्र मैत्री रहेको भन्दै राष्ट्रको सम्वृद्धि बढाउने कुरामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारका तर्फबाट पहिलो पटक निजी क्षेत्रको सम्मानमा यस प्रकारको कार्यक्रमको आयोजना भइको भन्दै यसले निजी क्षेत्रमा थप उर्जा मिलेको बताईन् ।

उद्योग मन्त्रालयको पछिल्लो काम कारवाहीले मूलकमा औद्यौगिक वातारण बन्दै गएको भन्दै अध्यक्ष राणाले विकास र सम्वृद्धिको मुद्धामा सरकार सँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताईन् ।


क्लिकमान्डु