भृकुटिमण्डपमा समर सेल मेला, नयाँ तथा स्टकका जुत्ता बिक्रि वितरण गर्ने लक्ष्य



काठमाडौं । विभिन्न कम्पनीले  गर्मि यामलाई लक्षित गरि नयाँ तथा स्टकका जुत्ताहरु  बिक्रि वितरण गर्ने लक्ष्य सहित समरसेल मेला २०७४ आज वाट सुरु भएको छ ।

नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको समर सेल मेलामा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ७० प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ । मेलामा १०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ ।

यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ । आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको द सुज प्यालेसका अध्यक्ष रामहरि तोलाङ्गले बताए ।

द सुज प्यालेसमा  आवद्ध कम्पनीको उत्पादनको गुणस्तर तथा विश्वसनीयताले गर्दा यस अघिको बम्पर सेल मेलाको अपार सफलताले गर्दा पनि यो मेला गर्नुपरेको आयोजक सस्ंथाका रुद्र न्यौपानेले बताए ।

रोयल सुज, रन सुज, सम्राट सुज , स्र्माट सुज, पिजि फुटवेयर, सिटिजन फुटवेयर, कदम सुज तथा हाइलाइफ ब्राण्डका अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु एक्स्पोमा उपलब्ध छन् ।

मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको आयोजकले जनाएको छ ।


क्लिकमान्डु