आइफोन बनाउने कम्पनीमा जागिर खाने हो ? त्यसोभए यी १५ प्रश्नको जवाफ दिनुस्



काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा चर्चित रहेको एप्पलको बारेमा विभिन्न जानकारीहरु आई नै रहेका हुन्छन् । आइफोन उत्पादन गरेर विश्व बजारमा सफलता पाएको कम्पनी अहिले विश्वको सबैभन्दा पावरफुल कम्पनी पनि बनेको छ ।

एप्पल भन्ने बित्तिकै धेरै जसोले आइफोन कम्पनी भनेर बुझ्ने गरेका छन् । तर कम्पनीले त्यो बाहेक विभिन्न ग्याजेट्स बनाउने गरेको छ भने प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धान पनि गरिरहेको छ ।

यस्तो विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलमा जागिर खाने सबैको चाहना हुन सक्दछ । यस्तो कम्पनीमा भने तपाईँले त्यसै जागिर खान सक्नुहुन्न ।

विश्वको सबैभन्दा चर्चित टेक कम्पनीमा काम गर्ने तपाईँको पनि सपना हुन सक्दछ । तर यसमा जागिर खान त्यति सजिलो छैन् । विश्वका प्रशिद्ध टेक कम्पनीहरुले नयाँ कर्मचारी भर्ना गर्नको लागि निश्चित प्रक्रियाहरु पुरा गर्नपर्ने हुन्छ ।

तपाईँलाई हामी यहाँ एप्पलले तपाईँलाई जागिर खान बोलाएमा जागिर अन्तरवार्ताको समयमा सोध्ने प्रश्नहरुको बारेमा यहाँ जानकारी दिँदैछौं ।

प्रश्न १ यदि तपाईँका साथमा दुईवटा अण्डा छन । र, तपाईँलाई यो थाहा पाउनुपर्नेछ कि, कति उचाईँबाट यी अण्डाहरुलाई फ्याँकेमा यो फुट्दैन । तपाईँ यो कसरी थाहा पाउनुहुन्छ ? यसको बारेमा कुनै स्पष्ट तरिका बताउनुहोस् ।

प्रश्न २ एक चाखलाग्दो समस्याको बारेमा बताउनुस् तथा यो पनि भन्नुस कि यसलाई कसरी समाधान गर्ने ?

प्रश्न ३ एक ८ सालको बच्चालाई मोडेम वा राउटरको बारेमा बताउनुहोस् साथै यसको फंगसनलाई पनि जानकारी दिनुस् ।

प्रश्न ४ दैनिक विश्वमा कति बच्चा जन्मिन्छन् ?

प्रश्न ५ यदि हामीले तपाईँलाई जागिर दियौं भने तपाईँ के कामगर्न चाहनुहुन्छ ?

प्रश्न ६ एउटा व्यक्तिले फोन कल गर्दछ र त्यो सँग एउटा पुरानो कम्प्यूटर छ जो निश्चितरुपमा एउटा ईँटा हो भने तपाईँ के गर्नुहुन्छ ?

प्रश्न ७ के तपाईँ स्मार्ट हुनुहुन्छ ?

प्रश्न ८ तपाईँको असफलता के हो र त्यसबाट तपाईँले के सिक्नुभयो ?

प्रश्न ९ हामीलाई यो बताउनुहोस् तपाईँले अहिलेसम्मको जीवनमा तपाईँले यस्तो के गर्नुभयो जसमा तपाईँलाई विशेषरुपमा निकै गर्व हुन्छ ?

प्रश्न १० हामी तपाईँलाई किन जागिर दिने ?

प्रश्न ११ कुन सबैभन्दा धेरै महत्वपूर्ण हो, ग्राहकको समस्या समाधान गर्ने वा राम्रो ग्राहकको अनुभव बनाउने ?

प्रश्न १२ एप्पलले एप्पल कम्प्यूटर्स इनकर्पोरेटेडबाट नाम परिवर्तन गरेर एप्पल इन्क किन राख्यो ?

प्रश्न १३ पछिल्लो चार वर्षमा तपाईँको सबैभन्दा राम्रो दिन कुन रह्यो र सबैभन्दा खराब दिन कुन थियो ?

प्रश्न १४ तपाईँको सबैभन्दा लोकप्रिय एपलाई कसरी परिक्षण गर्नुहुन्छ ?

प्रश्न १५ यो कुन विषय थियो जसले तपाईँलाई यो स्थानसम्म ल्यायो ?

के तपाईँले यी सबै प्रश्नको उत्तर दिनसक्नुहुन्छ ? यदि तपाईँले यी उल्लेखित प्रश्नहरुको जवाफ दिनुभयो भने तपाईँ एप्पलको नयाँ कर्मचारी बन्न सक्नुहुन्छ । त्यसैले यी प्रश्नहरुको उत्तर तयार गरेर एप्पलमा जागिर खान जाने हो की ?
एजेन्सीको सहयोगमा


पुष्प दुलाल