सरकार जमानी बसेपछि निगमलाई जहाज किन्न २३ अर्ब ऋण दिन सञ्चय कोष तयार



काठमाडौं । नेपाल वायुसेवा निगम र कर्मचारी संचय कोषबीच ऋण सम्झौतामा यसै साता हस्ताक्षर हुने भएको छ । निगमले खरिद गर्न लागेको एयबस ३३०-२०० सिरिजको दुई थान वाईडबडी जहाजका लागि आवश्यक पर्ने झन्डै २३ अर्ब रुपैयाँ लिनका लागि ऋण सम्झौता हुन लागेको हो ।

३ साता अघिनै निगम र अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनबीच खरिदसम्झौता भएको थियो । सरकारले जमानी बस्ने निर्णयमा ढिलाई गर्दा ऋणसम्झौताको टुंगो लागेको थिएन ।

बिहिबार मन्त्रिपरिषद्ले दुई थान वाईडबडी जहाज खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको थियो ।

निगमलले दुई थान जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा खरिद गर्दैछ । जसको लागि बैना रकमको १० लाख डलर पठाइसकेको छ ।

‘निगम र संचयकोषबीच यसैसाता ऋणसम्झौता हुने छ,’ निगमका प्रवन्ध निर्देशन सुगतरत्न कंसाकारले भने ।

ऋणसम्झौता लगत्यै निगमले रकमको ३५ प्रतिशत अर्थात झन्डै ८ अर्व रुपैयाँँ कर्पोरेशनलाई पठाउने छ भने बाँकी रकम १४ अर्व ६३ करोड रुपैयाँ दोस्रो किस्ता बापत जहाज आउनु भन्दा केही अगाड निगमले कर्पोरेशनलाई पठाउने छ ।

निगमले एयरबस ३३०-२०० सिरिजको दुई थान वाईडबडी जहाजको लागि संचयकोषसंग २३ अर्व रुपैयाँ ९ प्रतिशत व्याजदरमा लिने अनौपचारिक सहमती भइसकेको छ ।

निगमले १५ वर्षभित्र निगमले २३ अर्ब रुपैयाँ बार्षिक २ किस्ताका दरले संचयकोषलाई तिर्ने छ । संचयकोषसंग आवश्यक पर्ने रकम ९ प्रतिशत व्याजमा लिने सहमति भइसकेको कंसाकारले जानकारी दिए ।

निगमलले दुई थान जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा खरिद गर्दैछ । जसको लागि बैना रकमको १० लाख डलर पठाइसकेको छ ।

अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले ‘हाईफ्लाई एयरलाइन्स’को लागि दुईवर्ष अघि एयरबस कम्पनीमा अर्डर गरेको थियो ।

पहिलो जहाज २०७४ मंसिर भित्रै र दोस्रो जहाज २०७४ को चैत भित्रै ल्याइसक्ने योजना निगमकोे छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरु तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।

विगतमा संचय कोषसँग १० अर्व ऋण लिएर दुई न्यारोबडीका जहाज खरिदमा पनि मन्त्रीपरिषद्बाटै सरकार जवानी बस्ने निर्णय भएको थियो ।


पुष्प दुलाल