रत्न आभुषण संघको अध्यक्षमा जोत्सना श्रेष्ठ



काठमाडौं । नेपाल रत्न आभुषण संघको अध्यक्षमा जोत्सना श्रेष्ठ निर्वाचित भएकी छन् ।

१ सय ३० जनाले निर्वाचनमा मतदान गरेका थिए । त्यस मध्ये श्रेष्ठले १०३ मत पाएको निर्वाचन कमिटिले जानकारी दिएको छ । उनी यस अघि संघको द्धितिय उपाध्यक्ष थिइन् ।
उनीसँग पराजित बिजय ताम्राकारले २७ मत प्राप्त गरेका थिए । ताम्राकार यस अघि संघको प्रथम उपाध्यक्ष थिए ।

त्यसैगरी अन्य पदाधीकारीमा प्रथम उपाध्यक्षमा सुमनमान ताम्राकार श्रेष्ठ र द्धितिय उपाध्यक्षमा नरेन्द्र कुमार गुप्ता निर्वाचित भएका छन् ।

महासचिबमा शक्ती बेगानी, सचिबमा जयराम पाण्डेय र कोषाध्यक्षमा ऋषि ठाकुर निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा जुगल किशोर राठी, मोहन शाह, पवन कुमार अग्रवाल, सुनीत अग्रवाल, सुनिल मान ताम्राकार, रिकेन सिंह मर्हजन, यूरोप मान श्रेष्ठ, जीवन ठाकुर, निर्मल ज्योति तुलाधर र प्रदिप मान ताम्रकार बिजयी भएका छन् ।


क्लिकमान्डु