युनाईटेड इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा सिताराम र कुञ्जना



काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपालले कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे कट्टेल(सुन्तली) लाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

म्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले सामाजिक अभियन्ताको रुपमा ख्याती पाएका दुबैले कम्पनीको साखलाई अगाडि बढाउन सहयोग पुग्ने जनाएको छ ।

कम्पनीले उनीहरुसँगको सहकार्यले कम्पनीको ब्राण्ड ईमेज तथा बीमा प्रति सर्वसाधारणमा जागरुक गराउन समेत सहयोग पुग्ने विश्वास लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु