सिटिजन्स बैंकको खुद नाफा ८७ करोड रुपैंयाँ, खराब कर्जा घट्दो क्रममा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८७ करोड १५ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।

बैंकले तेस्रो त्रैमाससम्मको अपरिष्कृत बित्तीय बिवरण प्रकाशित गर्दै गत बर्षको सोहि अबधि भन्दा १९.७१ प्रतिशतले खुद नाफा बढाएको जनाएको छ । बैंकले गत बर्षको तेस्रो त्रैमाससम्म ७२ करोड ८० लाख रुपैंयाँ खुद नाफा कमाएको थियो ।

५ अर्ब ८७ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोष पनि १ अर्ब ४० करोडबाट बढाएर २ अर्ब १७ करोड रुपैंयाँ पुर्याएको छ ।

बैंकले निक्षेप ४४ अर्ब ३७ करोड बाट बढाएर ५५ अर्ब ५३ करोड रुपैंयाँ पुर्याएको छ भने कर्जा प्रवाह पनि ३७ अर्ब ८४ करोडबाट बढाएर ४७ अर्ब ७९ करोड रुपैंयाँ पुर्याएको छ ।

सिटिजन्सले खराब कर्जा पनि १.७८ प्रतिशतबाट घटाएर १.५५ प्रतिशतमा ल्याएको छ । बैंकको प्रति सेयर आम्दानी २० रुपैंयाँ ३४ पैसा छ भने मुल्य आम्दानी अनुपात २०.७० रहेको छ ।


क्लिकमान्डु