रेनोल्टको ‘नो हर्न’ अभियानमा सहयोग



काठमाडौं । रेनोल्ट नेपालले काठमाडौं महानगरीय ट्राफिक प्रहरी विभाग तथा काठमाडौं महानगरपालिका कार्यालयद्धारा वैशाख १ गते शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र हर्न बजाउन निषेधित अभियान ‘नो हर्न क्याम्पेन’ लाई सहयोग गरेको छ ।

काठमाडौं उपत्यकाभित्र सवारी साधनहरुको बढ्दो संख्याले ध्वनी प्रदुषण वृद्धि गर्दै सर्वसाधारण र ट्राफिकको सुनिश्चित कार्यको लागि असह्य अवस्था बनाएको कम्पनीको भनाई छ ।

यो अभियानको मूख्य उद्देश्य भनेको बढ्दो ध्वनी प्रदुषणको बारेमा जनचेतना जगाउनु रहेको कम्पनीको भनाई छ ।

यो शुरुवातले अस्पतालहरु, विद्यालयहरु, तथा अन्य संस्थाहरुद्धारा सहयोग प्राप्त गर्ने कम्पनीले विश्वास लिएको छ ।


क्लिकमान्डु