राष्ट्र बैंक पुगेर परिसंघले भन्यो ‘बढ्दो ब्याजदरले उद्योग चलाउन सकिदैन’



काठमाडौं । नेपाल उद्योग परिसंघले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरको कारण उद्योग चलाउन सक्ने वातावरण नभएको बताएको छ ।

परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसँग भेट गर्दै परिसंघले ब्याजदर बृद्धिले औद्योगिक उत्पादनमा कमी आउने बताएको छ ।

वित्तीय प्रणालीमा देखापरेको कर्जा अभाव र बढ्दो ब्याजदरलाई सम्बोन्धनगर्न २०७३ फागुनमा नेपाल राष्ट्र बैंकले मौद्रिकनीतिको मध्यावधि समीक्षामार्फत केहीनीतिगत सुधार गरेको भएपनि वित्तीय प्रणालीमा कर्जाको अभावसँगै ब्याजदर समेत बढ्दै गएपछि राष्ट्र बैंक पुगेर परिसंघले आफ्नो चासो व्यक्त गरेको हो ।

ब्याजदर बृद्धिले रोजगारीका अवसरहरुमा गिरावट आउने हुँदा यथाशीघ्र त्यसलाई सम्बोधन गर्न आग्रह गरेको छ । सो अवसरमा परिसंघले वित्तीय प्रणालीको कर्जा अभाव सम्बोधन गर्न अबलम्बनगर्नु पर्ने अल्पकालीन र मध्यकालीन सुझावहरु  समक्ष पेश गरेको छ । समग्र वित्तीय प्रणालीको सुदृढीकरण गर्न, २०७३ असोजदेखि देखापरेको कर्जा अभाव र ब्याज दरको असन्तुलनहलगर्न, एवं निक्षेपकर्तालाई यथोचितप्रतिफलउपलब्ध गराईदीगो आर्थिक विकासकालागि सुलभ दरमाकर्जा प्रवाहको वातावरण सृजनागर्न परिसंघको सुझाव केन्द्रीत रहेको थियो ।


क्लिकमान्डु