योगगुरु रामदेव रेष्टुरेन्ट व्यवसायमा



नयाँ दिल्ली । योगगुरु रामदेवले पतन्जली आयुर्वेद लिमिटेडको सुरुवात सन् २००६ मा सुरु गरेका थिए ।

हरेक दिन प्रयोग गरिने उपभोगमा ठूला कम्पनीलाई टक्कर दिएका बाबा रामदेवले भारतमा रेष्टुरेन्ट व्यवसायको सुरुवात गरेका छन् । पतन्जली आर्युवेदले पन्जाव र हरियाणाको राजधानी चंडिगढमा जिरकपुरमा सतप्रतिशत शाहकारी पौस्टिक रेष्टुरेन्ट खोलेको छ ।

रेष्टुरेन्टमा बाबा रामदेव र पन्तजली आयुर्वेदका सिइओ आचार्य बालकृष्णको तस्बिरसँगै उनीहरुको सन्देश भित्तामा राखिएको छ । मेन्यु कार्डमा पनि दुबैको फोटो राखिएको छ । अहिलेसम्म रेष्टुरेन्ट पन्तजली आर्युवेद लिमिटेडको वा होइन त्यो भने तय भएको छैन ।

मिडिया रिपोर्टका अनुसार यो रेष्टुरेन्ट केही दिनदेखि संचालनमा आएको छ । यसको औपचारिक उद्घाटन भएको छैन । यसको लागि बाबा रामदेव र आचार्य बालकृष्णको समयको लागि पर्खेर बसिको छ । यो भन्दा अगाडि बाबा रामदेव स्वदेशी जिन्स ल्याउन भनेर चर्चामा आएका थिए ।

पौस्टिक रेष्टुरेन्टको मुख्य थिमनै स्वदेशी रहेको छ । यहाँ खानको साथमा हेल्थको लागि टिप्सपनि मिल्छ । रेष्टुरेन्टमा शुद्ध शाहकारी भोजन मात्र नभएर आयुर्वेदको पद्धतीबाट खाना मिल्छ । रेष्टुरेन्टको पुरा फर्निचर काठको छ ।

रेष्टुरेन्टमा लाइटिङ र डिजाइन पतन्जली रङ लगाइएको छ । रेष्टुरेन्टमा तपाईलाई कबाब त मिल्छ तर,लौकाको । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु