गतवर्ष नेपालमा १ खर्ब ७ अर्बको विदेशी सहायता आयो



काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा १ खर्ब ७ अर्ब रुपैयाँको विदेशी सहायता आएको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२/७३ मा अघिल्लो वर्षको तुलनामा विकास सहायता ५.२२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ४० लाख अमेरिकी डलर आएको छ । यसरी आएको सहायता ५० प्रतिशत अनुदान,३५ प्रतिशत र प्राविधिक सहायता १५ प्रतिशत रहेको छ ।

नेपाललाई सहयोग गर्ने विकास साझेदारमा बहुपक्षियको योगदान ५८ प्रतिशत र द्धिपक्षियको ४२ प्रतिशत रहेको छ । द्धिपक्षिय साझेदारमा सबैभन्दाब ढी सहयोग अमेरिकाले गरेको छ । अमेरिकाले १९ करोड ८९ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

यस्तै बहुपक्षिया दातृ निकायमा पहिलो स्थानमा रहेको विश्व बैंकले २४ करोड ३७ लाख अमेरिकी डलर सहायता दिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दातृ निकायबाट बजेट सहायता बढाउनको लागि मन्त्रालयले काम गरिरहेको बताए ।

गत आर्थिक वर्षमा अन्तराष्ट्रिय गैर सरकारी संस्थाबाट १६ करोड ८४ लाख अमेरिकी डलर रुपैयाँ नेपालमा खर्च भएको छ । अघिल्लो वर्षमा यस्तो रकम ११ करोड ६९ लाख अमेरिकी डलरमा खर्च भएको थियो ।


क्लिकमान्डु