यूनाइटेड सिमेन्ट्सले रथारोहण गरेर मनायो नयाँ वर्ष २०७४




काठमाडौं । यूनाइटेड सिमेन्ट्सले नयाँ वर्षको स्वागत रथारोहण गरेर मनाएको छ ।

नयाँवर्ष २०७४ को शुभकामना सन्देश लेखि विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा, र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको थियो । बसन्तपुरबाट शुरु भएर नगर परिक्रमा गरी जाउलाखेल पुगी समापन भएको  थियो ।

यस्तो किसिमको शुभकामना सन्देशमुलक रथारोहण कार्यक्रम प्रथम पटक यूनाइटेड सिमेन्ट्सले नै आयोजना गरेको र यो कार्यक्रमले युनाइटेड सिमेन्ट्स प्रति उपभोत्ताको मनमा सकारात्मक छाप छोड्ने दाबी कम्पनीले गरेको छ।

ललितपुरको लेलेमा आफ्नै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको यूनाइटेड सिमेन्ट्सले निरन्तर रुपमा ग्राहक वर्गमा गुणस्तरिय सिमेन्ट पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्लिकमान्डु