योगगुरु रामदेवले दिएको १ अर्ब रुपैयाँको चेक बाउन्स भएपछि…



नागपुर । योगगुरु रामदेवको कम्पनी पतन्जली आयुर्वेद कम्पनीले दिएको ६४  करोड भारतीय रुपैयाँको चेक बाउन्स भएको छ ।

यो रकम नेपाली रुपैयाँमा १ अर्ब २४ करोड रुपैयाँ हो ।

पतन्जलीले फुडपार्क बनाउनको लागि नागपुरको मिहाना सेजमा २ सय ३० एकड जमिन अधिग्रहण गरेको थियो । गतवर्ष भएको भूमि पुजापछि पतन्जलीले सेज इलाकामा १ सय ६ एकड जमिन थप खोजेको थियो ।

पछिल्लो समय थप गर्न खोजेको १ सय ६ एकड जमिनको अधिग्रहणलाई दिएको चेक दुई पटक बाउन्स भएको हो । कम्पनीका प्रवन्ध निर्देशक आचार्यले बालकृष्णले जमिन अधिग्रहणका लागि सुरुमा १० करोड भारतीय रुपैयाँ दिएका थिए । तर,पछि दिएको ६४ करोड भारतीय रुपैयाँको चेक नसाटिएर दुई पटक बाउन्स भयो ।

पतन्जलीले पन्जाव नेशनल बैंक हरिद्धार शाखाबा ट चेक दिएको थियो । जसलाई एमएडिसीले चेक आईडीबीआई बैंकमा जम्मा गराएको थियो । आईडीबीआई बैंकका अनुसार पतन्जलीको चेक बाउन्स हुनुको कारण सिचुएशसन २१.२५ अनुसार ब्लक हुने छ ।

चेक बाउन्स भएपछि पछिल्लो समय पतन्जली विवादमा फसेको छ । कांग्रेस नेता संजय निरुपमले पहिले नै प्रश्न गर्दै जनहित याचिक दायर गरेका छन् । पतन्जलीले महराष्ट्रमा निर्माण गर्न लागेको प्लान्टको जग्गाको कारण विवादमा पर्दै आएको छ । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु