वाइवाइ ग्लोकल टिन हिरोको तेस्रो संस्करण हुने



काठमाडौं । वाइवाइ ग्लोकल टिनको तेस्रो संस्करण सुरु हुने भएको छ । यसमा किशोर किशोरीको प्रतिभालाई चिनाउने काम गरिन्छ ।

कार्यक्रम मार्फत युवापुस्तामा उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्को अन्य किशोर( किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

समर्पित र रचनात्मक किशोर( किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो तेश्रो वर्ष हो । नवलपराशीकी बिपना शर्मा, बाल(अधिकार कार्यकर्ता र सन्तोष लामिछाने, युवा वैज्ञानीक सोही कार्यक्रममा प्रथम भई पुरस्कृत भएका थिए ।

देशको विभिन्न ठाउँबाट किशोर( किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउन यस वर्ष काठमाडौं लगायत विभिन्न १६ सहरस् धनगढी, महेन्द्र्नगर, नेपालगन्ज, तुल्सीपुर, बाग्लुङ, बुटवल, भैरहावा, जनकपुर, झापा, बिराटनगर, लाहान, बनेपा, पोखरामा ग्लोकल प्रा. ली. का प्रतीनिधी र कार्यक्रमका केहि सदस्य जाने भएका छन ।

यस वर्ष यस कार्यक्रमको मुख्य उद्देश्य देशभरका किशोर ( किशोरीहरुलाई सहभागी बनाई आफ्नो पहिचान देशभर कायम गर्न मन्च प्रदान गर्ने रहेको छ ।
ग्लोकल प्रालिका पिआर म्यानेजर र वाई वाई ग्लोकल टिन हिरोका संयोजक काजोल झाले विभिन्न प्रसिद र प्रतिस्थित संस्थाहरु सँग सम्बन्धित भई यस कार्यक्रमको बारेमा घोषणा गर्न पाउदा हर्ष गरिन् ।

ग्लोकल टिन हिरोको पुरस्कार समारोह १ सेप्टेम्बरमा राजनीतिज्ञ, फिल्म कलाकार, उधमशिल ब्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात ब्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो । यस ग्लोकल टिन हिरोको आवेदन १४ अप्रिल, २०१७ बाट खुल्ने छ ।


क्लिकमान्डु