२०७४ सालः साच्चिकैको उत्तरोत्तर प्रगति हुने बर्ष



नयाँ बर्षको शुभकामना साटासाट गर्दा ‘उत्तरोत्तर प्रगति’को कामना पनि गर्ने गर्छौं । देशमा निरंकुस पन्चायती ब्यवस्था भएको बेलामा पनि उत्तरोत्तर प्रगतिको कामना गर्यौं । प्रजातान्त्रिक शासन ब्यवस्थामा पनि यस्तै कामना गरेर नयाँ बर्षको शुभकामना साटासाट गरिन्थ्यो ।

ससस्त्र बिद्रोह चलेको बेलामा पनि हामीले एकअर्काको उत्तरोत्तर प्रगतिको कामना गरेकै हौं । भूकम्पले आतंकित पारेको वा नाकाबन्दीले प्याकप्याक पारेको बेलामा पनि हामीले उत्तरोत्तर प्रगतिको कामना छोडेनौं । वास्तबमा नेपालीको उत्तरोत्तर प्रगतिको प्रस्थान बिन्दु २०७४ साल नै हुँदैछ ।

यसका खास आधारहरु छन् । ती आधारहरुको चर्चा गरौं ।

पहिलो आधारः स्थानीय सरकार
यो भन्दा २० बर्ष अगाडि मात्रै स्थानीय सरकारको निर्वाचन भएको थियो । त्यो बेलामा १८ बर्ष नपुगेको ब्यक्तिले भोट हाल्न पाउँदैनथ्यो । भन्नुको तात्पर्य के हो भने अहिले ३६ बर्ष पुगेको ब्यक्तिले पहिलो पटक स्थानीय सरकार आफैले भोट हालेर छान्दैछ ।

स्थानीय सरकार र बिकास जोडिएको बिषय हो । आफ्नो टोलमा ढल फुट्यो, बाटो पिच भएन, खानेपानीको ब्यवस्था गर्नुपर्यो, बसपार्क बनाउनु पर्यो, बाटो चौडा पार्नुपर्यो वा बिकासका अन्य कार्य गर्नुपर्यो भने जनताले आफ्नो स्थानीय प्रतिनिधिको कठालो समात्छन् । र, उसलाई त्यो काम गर्न बाध्य बनाउँछन् ।

‘मेलम्ची, माथिल्लो तामाकोशी, मध्यपहाडी लोकमार्ग, भैरहवा बिमानस्थल जस्ता राष्ट्रिय गौरबका केही आयोजना यो बर्ष सम्पन्न भएको देखिने भए, पूर्वपश्चिम रेलमार्ग, काठमाडौं तराइ द्रुतमार्ग, पश्चिम सेती, अरुण तेस्रो, बुढीगण्डकी, तमोर जस्ता नेपाललाई सम्बृद्ध बनाउने आयोजना निर्माणको प्रगति यो बर्ष जनताले नै थाहा पाउने गरी हुनेछ, त्यसैले आर्थिक बिकासका लागि नेपालको इतिहासमा २०७४ साल अभूतपूर्ब बर्ष नै हो,’ उपाध्यक्ष डा. श्रेष्ठको भनाइ छ ।

राज्यले सेवा प्रवाह गर्ने जनतासँग जोडिएको सरकार भनेको स्थानीय सरकार नै हो । स्थानीय सरकार गठन भएपछि जनताका अधिकांश समस्या समाधान हुन्छन् । सरकारले २०७४ साल बैशाख ३१ गते स्थानीय तहको निर्वाचान गर्ने भएको छ । २०७४ सालमा स्थानीय सरकारको निर्वाचन हुन्छ । यसले जनताको सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ । यसकारण २०७४ सालमा नेपालीको उत्तरोत्तर प्रगति हुन्छ ।

दोस्रो आधारः पुननिर्माण
२०७२ सालको भूकम्पको कारण घरबार गुमाएकाहरु अझै पनि टहरामै छन् । यो बर्ष सर्बसाधारणका करिब ८ लाख घर पुननिर्माण हुन्छन् । तथ्यांक विभागका अनुसार नेपालको औसत परिवार संख्या ५ जना छ । यो तथ्यांक अनुसार ८ लाख परिवारले नयाँ घर पाउँनु भनेको ४० लाख मान्छेले नयाँ घर पाउँनु हो ।

करिब ३ करोड नेपालीमा ४० लाखले नयाँ घर पाउँनु भनेको ठूलो संख्याका नेपालीले एकै पटक नयाँ घर पाउनु हो । नयाँ घरमा बस्न पाउनु उत्तरोत्तर प्रगति हो । पुननिर्माणमा चर्पी, खानेपानी, सरसफाइ, धुवारहित भान्छ जस्ता कुरामा ध्यान दिइएकोले सर्बसाधारणको जीबनस्तरमा सुधार हुनेछ ।

अधिकारका लागि लड्ने हो भने आर्थिक अधिकारको लडाइ लडौं, अभियान चलाउने हो भने आर्थिक सम्बृद्धिको अभियान चलाऔं र आँधिबेहरी सिर्जना गर्ने हो भने बिकासको आँधिबेहरी सिर्जना गरौं भन्छन् पूर्वबैंकर अनलराज भट्टराई ।

यस्तै ठूलो संख्यामा विद्यालय र स्वास्थ्य चौकी पनि पुननिर्माण गरिदैछ । नयाँ बन्ने यी संरचना अत्याधुनिक र सुबिधासम्पन्न हुनेछन् । पहिलो चरणमा भूकम्प प्रभावित क्षेत्रमा भएपनि त्यसपछि देशभर यो कार्य हुनेछ ।

तेस्रो आधारः बिकास पूर्वाधार
२०७४ सालमा मेलम्चीको पानी काठमाडौं आउँछ । जीब विकासको आधार पानी हो । काठमाडौं उपत्यकामा करिब ४० लाख मान्छे बस्छन् । ४० लाख मान्छेको जीबनस्तर सुधार गर्न सक्ने आयोजना सम्पन्न हुँदा उत्तरोत्तर प्रगतिको कामना पूरा हुन्छ ।

माथिल्लो तामाकोशी आयोजना पनि २०७४ सालमा बनिसक्छ । यो बर्ष लोडसेडिङ भएन, औद्योगिक उत्पादन बढ्यो, रोजगारी बढ्यो, आर्थिक बृद्धिदर साढे ६ प्रतिशत जति पुग्ने भयो ।

माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट जलविद्युत थपिन्छ । यसले थप राम्रो गर्छ । उज्यालो दिन्छ । हाम्रा उद्योग कलकारखना चल्छन् । उद्योग कलकारखना चलेपछि रोजगारी बढ्छ । ब्यापारघाटा कम हुन्छ । आर्थिक बृद्धि हुन्छ । जनताको दैनिकी सहज हुन्छ ।

२०७४ सालमा मध्यपहाडी लोकमार्ग करिब सम्पन्न हुन्छ । पाँचथरको चियोभन्ज्याङ्गदेखि बैतडीको झुलाघाटसम्मको करिब १ हजार ७७६ किलोमिटर लामो सडकले सम्बृद्धि दिन्छ । बिकट मध्यपहाडी क्षेत्रको लाइफ लाइन हुने यो लोकमार्ग नेपालीको आर्थिक सम्पन्नताको अर्काे आधारस्तम्भ हो ।

१२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ । यो आयोजना २०७४ सालमै नबने पनि निर्माण कार्यले तिब्रता यो साल पाउने छ ।

२०७४ सालमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थ निर्माण सम्पन्न हुन्छ ।

कैलालीको २० हजार ३ सय हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउन सक्ने रानीजमरा कुलरिया सिँचाइ योजना यो बर्ष करिब बनिसक्छ । यस्तै बाँके जिल्लाको ४३ हजार हेक्टर जमिनमा सिंचाइ सुबिधा पुर्याउन सक्ने सिक्टा सिंचाइ आयोजना यो बर्ष निर्माण सम्पन्नको अन्तिम चरणमा पुग्नेछ । बर्दिया जिल्लामा सिंचाइ सुबिधा पुर्याउन बनाइँदै गरिएको बबइ सिंचाइ आयोजना पनि यो बर्ष करिब बनिसक्नेछ ।

भेरी नदीको पानीलाई सुर्खेत जिल्लास्थित चिप्लेमा बाँध निर्माण गरी १२ किलोमिटर लामो सुरुङबाट बबई नदीमा मिसाई विद्युत उत्पादन र ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा प्रदान गर्ने गरी बनाइदै गरिएको भेरी बबइ सिंचाइ आयोजना पनि यो बर्ष लगभग पूरा हुने गरी काम भइरहेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको काम अगाडि बढिरहेको छ । आगामी ४ बर्षभित्रमा बनिसक्ने सो आयोजना निर्माणका लागि नेपाल सरकार तथा चीन सरकारबीच आयोजना निर्माणसम्बन्धी ऋण सम्झौता भएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढले अत्याधुनिक विमानस्थलको रुपमा मुलुकको पर्यटकीय गतिविधि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सो बिमानस्थल निर्माणको कार्य पनि अगाडि बढिरहेको छ ।

काठमाडौ तराई मधेश फाष्ट ट्रयाक आयोजनाले राजधानी काठमाडौंलाई तराईसँग जोड्ने द्रुत गतिको मार्ग निर्माण गर्ने उद्देश्य राखेको छ । कुल निर्माण ७६ किलोमिटर रहेको उक्त आयोजना नेपाल सरकारले नै बनाउने गरी काम सुरु भइसकेको छ ।

सन् २०१८।१९ मा सम्पन्न हुने लक्ष्य रहेको पूर्व पश्चिम रेलमार्ग निर्माणले गति लिएको छ । आयोजनाको सम्भाव्यता अध्ययनअनुसार ६ खर्ब ८९ अर्बको लागतमा यो आयोजना निर्माण सम्पन्न हुनेछ ।

उत्तर दक्षिण लोकमार्गमध्ये कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर राष्ट्रिय गौरवका आयोजनाका रुपमा सञ्चालित छन् । उक्त तीन र थप १२ उत्तर–दक्षिण सडकमा ३३३ किलोमिटर ट्र्याक खोलिएको छ । योजनाले उत्तरी नाका जोड्ने सडकहरुलाई प्राथमिकता दिएको छ । यो आयोजना पनि २०७४ सालमा करिब सम्पन्न हुन्छ ।

तराई मधेशको लाइफ लाइन मानिएको हुलाकी लोकमार्ग सडक आयोजनाको काम भने सन्तोषजनक छैन । ६०६ किलोमिटरमध्ये ५०७ किलोमिटर सडकको स्तरोन्नति गर्ने कार्य सम्पन्न गरिने लक्ष्य रहेकोमा ८२ किलोमिटर मात्रै स्तरोन्नति भएको छ । यो आयोजना चाढो अगाडि बढाउन सबैपक्षबाट सकारात्मक दबाब आश्यक छ ।

अब आर्थिक अधिकारका लागि लडौं
अहिलेसम्म मान्छेहरु तीन प्रकारका अधिकारका लागि लड्ने गरेका छन् । नागरिक अधिकार, राजनीतिक अधिकार र आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार । नेपाली जनता अन्य प्रकारका अधिकारहरुका लागि लडेको निकै लामो समय भइसकेको छ । नागरिक अधिकार, राजनीतिक अधिकार, सांस्कृतिक अधिकार र सामाजिक अधिकारको लागि लडेको लामो इतिहास हाम्रो छ । तर आर्थिक अधिकारका लागि हामीले न प्रयत्न गरेका छौं, न त लडेका नै छौं ।

अधिकारका लागि लड्ने हो भने आर्थिक अधिकारको लडाइ लडौं, अभियान चलाउने हो भने आर्थिक सम्बृद्धिको अभियान चलाऔं र आँधिबेहरी सिर्जना गर्ने हो भने बिकासको आँधिबेहरी सिर्जना गरौं भन्छन् पूर्वबैंकर अनलराज भट्टराई ।

‘हो २०७४ उत्तरोत्तर प्रगतिको कामना गर्न मिल्ने साल देखिन्छ, संकेत राम्रा छन्, सम्भावना छ, आशाको सन्चार गराएको छ, अब हामी नेपाली आर्थिक बिकास र सम्बृद्धि प्राप्तिको लडाइमा एक भएर लाग्नुपर्छ,’ भट्टराई भन्छन् ।

यो बर्ष आर्थिक विकास र सबृद्धिको अभूतपूर्व बर्ष हो भन्छन् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ ।

‘यसअधिका नयाँ बर्षहरुमा हामी उत्तरोत्तर प्रगतिको कामना गथ्र्याैं, पूरा हुदैनथ्यो, भावनात्मक रुपमा यस्तो भए हुन्थ्यो भन्थ्यौं, पूरा हुदैनथ्यो, यो बर्ष धेरै राम्रो छ, यो बर्ष उत्तरोत्तर प्रगतिको कामना साटासाट गरौं, पूरा हुन्छ, काम गरौं, अब सम्बृद्धि हासिल हुन्छ,’ डा. श्रेष्ठ भन्छन् ।

बिगतदेखि सुरु गरिएको कामहरुको उपलब्धी हात लागेको र विकासका नयाँ आधारस्तम्भहरु निर्माणको प्रक्रिया सुरु भएको बर्षको रुपमा २०७४ साललाई लिइनु पर्ने उनको भनाइ छ ।

‘मेलम्ची, माथिल्लो तामाकोशी, मध्यपहाडी लोकमार्ग, भैरहवा बिमानस्थल जस्ता राष्ट्रिय गौरबका केही आयोजना यो बर्ष सम्पन्न भएको देखिने भए, पूर्वपश्चिम रेलमार्ग, काठमाडौं तराइ द्रुतमार्ग, पश्चिम सेती, अरुण तेस्रो, बुढीगण्डकी, तमोर जस्ता नेपाललाई सम्बृद्ध बनाउने आयोजना निर्माणको प्रगति यो बर्ष जनताले नै थाहा पाउने गरी हुनेछ, त्यसैले आर्थिक बिकासका लागि नेपालको इतिहासमा २०७४ साल अभूतपूर्ब बर्ष नै हो,’ उपाध्यक्ष डा. श्रेष्ठको भनाइ छ ।