उद्योग वाणिज्य महासंघमा दुई तिहाईभन्दा बढी सदस्य सहित गोल्छा समुह विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा दुई तिहाईभन्दा बढी सदस्य सहित शेखर गोल्छा समुह विजयी भएको छ ।

गोल्छा समुहले पदाधिकारीमा पराजय जिल्ला तथा नगर उपाध्यक्षमा मात्र भोगेको छ । निवर्तमान कार्यसमितिको वस्तुगत तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठलाई टिम मिलाउन जिल्ला तथा नगरमा लग्दा गोल्छा समुहले उपाध्यक्ष पद हार भोग्नु परेको हो । जिल्ला नगरबाट उपाध्यक्ष जितेर प्रधान समुहले आफ्नो उपस्थिती देखाएको छ।

गोल्छा समुहलाई जिताउन खुलेर अध्यक्ष बन्न लागेकी  भवानी राणाले भोट मागेको हुँदा उनलाई काम गर्नपनि सजिलो हुने देखिन्छ ।

मत परिणाम आएको कार्यकारिणीको अधिकांश सदस्यमा गोल्छा समुहको अत्याधिक बहुमतमा छ ।

यसले कोषाध्यक्षका उम्मेद्वार ज्ञानेन्द्रलाल प्रधानलाई निर्वाचित हुन ज्यादै सजिलो बनाएको छ ।

एशोसियटमा उपाध्यक्ष निर्विरोध तथा वस्तुगत तथा जिल्ला नगरको सदस्य पदमा गोल्छा समुहले दुई तिहाईभन्दा बढी सिट जितेको छ । एशोसियटको मतगणना जारी छ । जहा गोल्छा समुहको १९ जना कार्यकारिणी सदस्यको जित सुनिश्चित छ।


क्लिकमान्डु