महासंघको बरिष्ठ उपाध्यक्षमा गोल्छा निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महांघको बरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा विजयी भएका छन् । यसको आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ ।

शेखरलाई जिल्ला तथा नगरबाट ६१ मत प्राप्त गरे । किशोर प्रधानले ४२ मत प्राप्त गरे ।

वस्तुगत तर्फ किशोरले ५३ र शेखरले ४८ मत प्राप्त गरे ।

एशोसियट तर्फ गोल्छाले ५ सय ४ मत प्राप्त गरे भने प्रधानले १ सय ३ मत प्राप्त गरे ।

महासंघको निर्वाचनमा जिल्ला तथा नगरको भार ५० प्रतिशत हुन्छ । एशोसियटमा गोल्छा समुह पूर्ण रुपमा हाबी भएको हुँदा बरिष्ठ उपाध्यक्ष पदमा गोल्छाले जित्ने निश्चित देखिएको छ । एशोसियटको मत गन्न बाँकी छ ।मत भार अनुसार विभाजन जिल्ला तर्फ पाएको मतको आधारमा हेर्दा गोल्छाले ३०.५ मत प्राप्त गरे । यस्तै किशोर प्रधानले पाएको मत जिल्ला तर्फ २१ मत हुन्छ । यस्तै वस्तुगत तर्फ प्रधानले लिड गरेपनि यसको मतभार जम्मा २० प्रतिशत हुन्छ । अर्थात प्रधानले १०.६ मत प्राप्त गरे ।

गोल्छाले भने वस्तुगतमा पाएको मतलाई भारमा गणना गर्दा ९.६ मत पाए ।


क्लिकमान्डु