महासंघको निर्वाचनमा जिल्ला/नगर सदस्यमा गोल्छा समूह हाबी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा जिल्ला/नगर सदस्यको मत परिणाम सार्वजनिक भएको छ।

जसअनुसार शेखर गोल्छा समूहका उमेद्वारहरुको बहुमत देखिएको छ । निर्वाचित १८ जनामध्ये १६ जना जना शेखर गोल्छा समूहका छन् भने दुई जना किशोरकुमार प्रधान समूहका छन्।

जिल्ला/नगर सदस्यको १८ जनाका लागि भएको निर्वाचनमा २८ जना उमेद्वार थिए। सबैभन्दा वढि भोट उमेश डालमियाले पाए उनले ८९ पाएका छन्। उनी नेपालकै पुरानो निजी क्षेत्रको संस्था झापा उद्योग वाणिज्य संघका तर्फबाट उमेद्वार थिए।

निर्वाचिन हुन चाहिने अधिकतम मतमध्ये देवकुमार श्रेष्ठ र सुदर्शन कार्कीको बराबरी भएकाले उनीहरुमध्ये गोलाप्रथा भएर एक जना कार्यसमितिमा जाने छन्। दुबैले समान मत ५७ ल्याए।

सदस्यका लागि खसेको १०४ मध्ये ५ मत वदर भएको थियो।


क्लिकमान्डु