वस्तुगत उपाध्यक्षमा गोल्छा प्यानलका उमेशलाल श्रेष्ठ विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा शेखर गोल्छा प्यानलका उमेशलाल श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले किशोर प्रधान समुहका शंकर पाण्डेलाई पराजित गरे ।  श्रेष्ठले ४७ मत ल्याएर विजयी भए । पाण्डेले ३८ मत प्राप्त गरे । यस्तै स्वतन्त्र प्यानलबाट उम्मेद्वारी दिएका अनुप मल्ले ११ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।


क्लिकमान्डु