महासंघको वस्तुगतको सदस्यमा गोल्छा समुहको बर्चस्व




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ कार्यकारिणी सदस्यमा गोल्छा समुह अगाडि देखिएको छ ।

वस्तुगत तर्फ १४ कार्यकारिणी सदस्यमा ८ वटा सदस्य गोल्छा समुहले जितेको छ । बाँकी तीन सदस्य पद प्रधान समुहले जितेको हो । वस्तुगत तर्फ सदस्य पदमा सबैभन्दा बढी ७१ मत अन्जन श्रेष्ठले पाएका छन् । गोल्छा समुहबाट अन्जन श्रेष्ठ सहित कार्यकारिणी सदस्यमा निर्वाचन जित्नेमा आकाश अधिकारी,कमला श्रेष्ठ,विनोद ढकाल,सन्दिप अग्रवाल,हेमराज ढकाल, प्रकाशसिंह कार्की,जय प्रकाश शिवाकोटी छन् ।

३  कार्यकारिणी सदस्यमा प्रधान समुहले जितेको हो । प्रधान समुहबाट शकुन्ताल हिराचन,शिव घिमिरे र डा तिलचन्द्र भट्टराईले निर्वाचन जितेका छन् । चार जना उम्मेद्वारले ५० मत प्राप्त गरेका छन् । खेमराज पन्त,नरेशलाल श्रेष्ठ,रविकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठको समान ५० मत आएको छ । चारजनालाई गोलाप्रथा गरेर  २ जना सदस्य छानिने छन् ।


क्लिकमान्डु