उद्योग वाणिज्य महासंघ निर्वाचनको मत गणना कार्य शुरु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत गणना कार्य शुरु भएको छ ।

निर्वाचन समितिले दिउँसो ३ बजेदेखि मतगणना सुरु गर्ने भनेपनि करिब १ घण्टा ढिलो शुरु भएको हो ।

आजको निर्वाचनमा कूल ८ सय २३ मत खसेको छ । मंगलबार दिउँसो सवा १ बजे मतदान सम्पन्न भएको हो ।

जिल्ला तथा नगरतर्फ १ सय ४, वस्तुगततर्फ ९९ र एसोसिएटतर्फ ६२० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

एसोसिएटतर्फ कुल ६ सय ३३ मत भएपनि १३ मतदाता भने निर्वाचनमा सहभागि भएनन् ।

जसअनुसार आजै रातीसम्ममा मत परिणाम सार्वजनिक हुनेछ ।

महासंघको नयाँ संसोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने भएपछि यो निर्वाचन वरिष्ठ उपाध्यक्ष र त्यो भन्दा तलका पदहरुमा मात्रै भएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधान समूहले प्यानल नै बनाएर चुनाव लडेका थिए ।


क्लिकमान्डु