महासंघ चुनाबमा ८२३ भोट खस्यो, ३ बजेदेखि मतगणना हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा कूल ८ सय २३ मत खसेको छ । मंगलबार दिउसो सवा १ बजे मतदान सम्पन्न भएको हो ।

जिल्ला तथा नगरतर्फ १ सय ४, वस्तुगततर्फ ९९ र एसोसिएटतर्फ ६२० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

एसोसिएटतर्फ कुल ६ सय ३३ मत भएपनि १३ मतदाता भने निर्वाचनमा सहभागि भएनन् ।

मतदान सम्पन्न भएकाले दिउसो ३ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । जसअनुसार आजै रातीसम्ममा मदपरिणाम सार्वजानिक हुनेछ ।

महासंघको नयाँ संसोधित बिधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने भएपछि यो निर्वाचन बरिष्ठ उपाध्यक्ष र त्यो भन्दा तलका पदहरुमा मात्रै भएको हो ।

बरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधान समूहले प्यानल नै बनाएर चुनाब लडेका थिए ।


पुष्प दुलाल