थप ४ जिल्लाका भूकम्प पीडितलाई अनुदान दिन थालियो
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये थप ४ जिल्लामा पनि निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम बितरण शुरु गरेको छ ।
यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले गत चैत्र २१ गते कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट अनुदान वापतको पहिलो किस्ता बितरण कार्य शुरु गरेका थिए ।
बा“की १६ जिल्ला मध्ये आज थप लमजुङ, पर्वत, धनकुटा र सोलुखुम्बुबाट पनि पहिलो किस्ता वापतको ५० हजार रुपैया बितरण शुरु गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।
प्राधिकरणले एक साताभित्रमा बाँकी सवै जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण शुरु गरिसक्ने तयारी गरेको छ ।
प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता भइसकेका करिब ९८ प्रतिशत लाभग्राहीलाई अनुदान वापतको पहिलो किस्ता बितरण गरिसकेको छ भने ती जिल्लामा दोस्रो र तेस्रो किस्ता पनि तीव्र गतिमा बितरण भइरहेको छ ।