यसरी हुँदैछ महासंघको नेतृत्व चयन, गोल्छा र प्रधानले सँगै भोट खसाए(फोटो फिचर)



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमितिको लागि आज बिहानैदेखि निर्वाचन भईरहेको छ । प्रज्ञा भवनमा भईरहेको निर्वाचनले वरिष्ठ उपाध्यक्षसहितको ७२ सदस्यिय नयाँ कार्यसमितीको चयन गर्नेछ ।

यो चुनावमा कुल ७२ पदका लागि ९७ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । यसमध्ये केहि सदस्यहरु पछि मनोनित हुनेछन।

त्यसैगरि निर्वाचनमा उठेका मध्ये एसोसिएटसका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रदेश नम्बर २ का गणेश प्रसाद लाठ प्रदेश नम्बर ३ का कमल कुमार श्रेष्ठ, प्रदेश नम्बर ५ का भिम बहादुर थापा क्षेत्री तथा प्रदेश नम्बर ७ बाट प्रकाश बहादुर साउद निर्विरोध निर्वाचित भईसकेका छन् ।

अविना बोहरा संस्थापक सदस्य समूहबाट निर्विरोध भएका छन भने द्धिराष्ट्रिय उद्योग बाणिज्य संघबाट अजय मुडभरी निर्विरोध निर्वाचित भएका हुन् ।

बाँकी उमेदवारहरुको भने आज निर्वाचनले टुंगो लगाउनेछ ।

 


क्लिकमान्डु