महासंघका बरिष्ठ उपाध्यक्षका प्रत्यासीको एउटै बोली आर्थिक सम्बृद्धिका लागि उम्मेद्वारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान र शेखर गोल्छाले आर्थिक सम्बृद्धिको लागि उम्मेद्वारी दिएको बताएका छन् । महासंघले निर्वाचनमा उठ्न लागेका पदाधिकारीको ककस कार्यक्रममा बोल्दै प्रधान गोल्छाले अर्थतन्त्रलाई अगाडि बढाउन उम्मेद्वारी दिएको बताए ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले सबै उद्योगी व्यवसायीको हितको लागि आफुले उम्मेद्वारी दिएको बताए । ‘ महासंघमा हुने निर्वाचनले कुनै व्यक्तिले भन्दापनि महासंघले जित्ने हो’,उनले भने,‘ आफ्नो उम्मेद्वारी साना तथा ठूला उद्योगीलाई मिलाएर लैजानको लागि हो।’

यस्तै बरिष्ठ उपाध्यक्षका उम्मेद्वार शेखर गोल्छाले निजी व्यवसायीको कार्यालयजस्तो महासंघको सचिवालय बनाउने बताए । ‘ व्यवसायलाई करको विषयमा धेरै समस्या छ । मुद्दा लड्नको लागि ५० प्रतिशत धरौटी राख्नुपर्छ’,उनले भने,‘ यसलाई हटाउनको लागि मैले पहल गर्ने छु ।’

यस्तै जिल्ला तथा नगर तर्फका उपाध्यक्षका उम्मेद्वार दिनेश श्रेष्ठले आफुले जिल्लाको समस्या बुझ्ने भन्दै जिल्लाका व्यवसायीको समस्या समाधान गर्ने बताए ।

जिल्ला तथा नगर तर्फका उम्मेद्वार प्रमोद श्रेष्ठले जिल्ला तथा नगरबाट सधै भोटर नहुँने भन्दै आफु उम्मेद्वार बनेको बताए ।

यस्तै वस्तुगत तर्फका उपाध्यक्षका उम्मेद्वार अनुप मल्लले महासंघमा आफुले १२ वर्ष काम गरेको र सिनियर भएको भन्दै उम्मेद्वारी दिएको बताए । ‘ घरको जेठो छोरो म ,बाबुआमाले माइलो र कान्छो छोराको विवाह गर्न लागेपछि म स्वभाविक रुपमा विवाह गर्न अगाडि आउनुपर्यो’,उनले भने ।

यस्तै वस्तुगत तर्फका उपाध्यक्षका उम्मेद्वार उमेशलाल आफ्नो बुवाआमाले राजनीतिक रुपमा चेतना जगाएको र आफुले आर्थिक रुपमा चेतना जगाउनको लागि उम्मेद्वारी दिएको बताए ।

उपाध्यक्षका प्रत्यासी शंकर पाण्डेले विज्ञ र व्यवसायीलाई मिलाए आफु अगाडि बढ्ने बताए ।
एशोसियट तर्फ निर्विरोध उपाध्यक्ष भएका चन्द्र ढकालले राजनीतिक स्थिरता तर्फ देश गएको भन्दै अब आर्थिक प्रगती तर्फ देश जाने बताए ।


क्लिकमान्डु