२४ अंकले बढ्यो नेप्से, १ अर्ब ६१ करोडको कारोबार



काठमाडौं अन्य बाहेक सबै उपसूचकहरु बढेपछि सोमबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से २४.६२ अंकले बढेर १६७६ अंक पुगेको छ । कारोबार रकम पनि हिजोको १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ६१ करोड पुगेको छ ।

चुनावी माहोल, बीमाको पूँजी बृद्धि र तेस्रो त्रैमासमा राम्रो बिवरण आउने आँकलन सहित बिगत केहि हप्तादेखि नेप्सेमा हरियाली छाएको छ ।

सोमबार १४४ कम्पनीको २९ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । बिगत केहि दिन झैं आज पनि नेपाल बैंकको कारोबार उच्च रह्यो ।

बैंकको २३.७४ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकको १३ करोड ८० लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी गुँरास लाइफको ५ करोड २४ लाख रुपैंयाँको कारोबार भएको छ ।

सोकबार बैंकिङ १७.५५, होटेल ५८.२४, बिकास बैंक ५१.९२, जलबिद्युत ४५.४६, बित्त ५.४४, बीमा २०१.५ र उत्पादन ४.५७ अंकले बढेका छन् । ‘अन्य’ भने १.४७ अंकले घटेको छ ।


पुष्प दुलाल