महासंघले दियो पाण्डेलाई पूर्व अध्यक्षको मान्यता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा तीन वर्ष अगाडि अध्यक्ष पदमा निर्वाचित भएका प्रदिपजंग पाण्डेलाई महासंघले पूर्व अध्यक्षको रुपमा मान्यता दिएको छ ।

अध्यक्षमा निर्वाचित भएको एक वर्षपछि पाण्डेको ३२ वर्ष पुरानो मुद्दा ब्युतिएपछि उनले अध्यक्ष पद छाड्नु परेको थियो । अध्यक्ष पदमा निर्वाचित भएपनि विवादको कारण उनले पूर्व अध्यक्षको मान्यता पाएका थिएनन् । पाण्डेले अध्यक्ष पद छाड्नु परेपछि तत्कालिन वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका निर्विरोध अध्यक्ष बनेका थिए ।

मुरारकाले आफ्नो कार्यकाल सकिने समयमा पाण्डेलाई पूर्व अध्यक्षको रुपमा सम्मान गर्दै पूर्व अध्यक्षको मान्यता दिलाएका हुन् ।

महासंघका अध्यक्ष बनेका व्यक्तिको फोटो महासंघ सचिवालयमा सम्मानका लागि राख्ने गरिन्छ । तर,अध्यक्षमा निर्वाचित भएपनि पाण्डेको फोटो महासंघमा थिएन । पूर्व अध्यक्षको रुपमा पाण्डेलार्इ मान्यता नदिँदा उनको फोटो महासंघमा थिएन ।

केही दिन अगाडि क्लिकमाण्डूसँगको कुराकानीमा महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले पाण्डेलाई पूर्व अध्यक्षको रुपमा मान्यता दिनुपर्ने बताएका थिए ।

महासंघमा प्रदिपजंग पाण्डेको फोटो झुन्डाए कुनै आपत्ती छैन : सुरज वैद्य


क्लिकमान्डु