यी हुन् लाइसन्स माग्दै बीमा समितिमा दर्ता भएका २४ बीमा कम्पनी



काठमाडौं । बीमा क्षेत्रको नियामक निकायले १० दिनअघि बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका-२०७३ जारी गर्दै नयाँ बीमा कम्पनीको लाइसन्स खुल्ला गर्यो ।

समितिको यो नयाँ नीतिसँगै बीमा बजारमा अब कसले लाइसन्स पाउने हो ? भन्ने चर्चा व्यापक छ ।

लाइसन्सको पर्खाइमा बीमा समितिमा दर्ता भएर २४ वटा कम्पनी बसेका छन् । दर्ता भएका २४ कम्पनीमध्ये सबैले लाइसन्स पाउने संभावना छैन । यद्यपि यसबीचमा जसले ‘मिलाउन’ सक्छ उसले लाइसन्स पाउने निश्चित छ ।

समाचार स्रोतहरुको दाबी अनुसार तत्कालै आधा दर्जन कम्पनीलाई लाइसन्स दिनेगरी बीमा समितिले गृहकार्य गरेको छ । तर, नयाँ लाइसन्सको विषयमा बीमा समितिको नेतृत्व मिडियासँग कुरा गर्न चाहँदैन ।

समितिमा दर्ता भएर बसेका कतिपय बीमा कम्पनीका प्रवद्र्धहरुले प्रमुख कार्यकारी अधिकृत खोज्न थालिसकेका छन् । यसको अर्थ के हो भने उनीहरु तत्कालै लाइसन्स पाउनेमा निश्चित छन् ।

बीमा समितिले बीमाको पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याउँदै नयाँ बीमा कम्पनीको लाइसन्स दिइने तर्क अघिसारेको छ । हाल १० प्रतिशत जनसंख्या पनि बीमाको पहुँचभित्र नभएको बीमा समितिकै तथ्यांकले देखाउँछ ।

पुर्नवीमा कम्पनी सहित हाल २७ वटा बीमा कम्पनी सञ्चालनमा छन् । ९ वर्षदेखि बीमा समितिले नयाँ बीमा कम्पनीको आवश्यकता नरहेको भन्दै लाइसन्स रोकेको थियो । तर, गत पुस १८ गते समितिको अध्यक्ष बनेर आएका चिरञ्जीबी चापागाईंले नयाँ बीमा कम्पनी ल्याउन लागेका हुन् ।

यी हुन् लाइसन्सका लागि बीमा समितिमा दर्ता भएर बसेका २४ कम्पनी

-अजोड इन्स्योरेन्स कम्पनी

-मनकामना इन्स्योरेन्स कम्पनी

-इन्टरनेशनल लाइफ इन्स्योरेन्स

-एलिएञ्ज नेपाल लाइफ इन्योरेन्स

-जनरल इन्स्योरेन्स कम्पनी नेपाल

-सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड

-स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स

-आइएमई लाइफ इन्स्योरेन्स

-ग्लोबल लाइफ इन्स्योरेन्स

-जीवनधारा लाइफ इन्स्योरेन्स

-काठमाण्डू बीमा कम्पनी

-सिटिजन्स लाइफ इन्स्योरेन्स

-सन नेपाल लाइफ इन्स्योरेन्स

-एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स

-कान्तिपुर बीमा कम्पनी

-बीन्नी इन्स्योरेन्स कम्पनी

-रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

-रिलायन्स लाइफ इन्स्योरेन्स

-सानिमा इन्स्योरेन्स कम्पनी

-एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल

-लाइफ इस्योरेन्स कम्पनी कान्तिपुर

-स्टार लाइफ इन्स्योरेन्स

-लक्ष्मी लाइफ इन्स्योरेन्स

-माहालक्ष्मी लाइफ इन्स्योरेन्स


पुष्प दुलाल