कालिका बैंकका कर्मचारीलाई दक्षता अभिवृद्धि तालिम



काठमाडौं । कालिका माइक्रो क्रेडिट डेभलेपमेन्ट बैङकले आफ्ना फिल्ड सहायक कर्मचारीहरुलाई केन्द्र तथा फिल्ड व्यवस्थापन बिषयक दक्षता अभिवृद्धी तालिम दिएको छ ।

मकवानपुर,गोर्खा,तनहु, स्याङजा, धादिङ, पर्बत र कास्की जिल्लाका शाखा कार्यालयका कर्मचारीहरुलाई केन्द्र सञ्चालन, फिल्ड व्यवस्थापन सफ्टवेर सम्बन्धि २ दिने तालिम आइतबार पोखरामा सम्पन्न भएको हो ।

तालिमको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले भर्खरै नयाँ आठ वटा शाखाहरु विस्तार गरिएको र यसै आर्थिक वर्ष भित्रमा अझै १४ वटा शाखा विस्तार गरिने योजना भएको बताए ।

उनले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्दै वार्षिक लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिए ।

विभिन्न शाखाका ३० जनाको सहभागिता रहेको सो तालिममा बैंकका योजना तथा अनुगमन विभाग प्रमुख खेम नारायण रेग्मीले फाईलिङ, प्रमाणहरुको प्रतिलिपि प्रमाणिकरण, ब्यवस्थापन, हरहिसाब व्यवस्थापन, टिमवर्क, अनुशासन एवं हाल देखिएका समसामयिक त्रुटिहरु एवं त्यसको सुधारको बारे जानकारी दिएका थिए ।

मुक्तिनाथ बिकास बैंकका अनुगमन प्रमुख हरिकृष्ण जोशीले कालिका बैकले दिंदै आएको कर्जाको प्रकार, ब्याजदर, भाखा अवाधि, सीमा, बचतका प्रकारका साथै लघुवित्त कार्यक्रम अन्तरगत समाजिक सुरक्षा र सेवा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बैंकका सुचना प्रविधि विभागका भुजलाल पौडेलले बैङकमा आधुनिक सफ्टवेयरको आवश्यकता, प्रयोग तथा गोपनीयताको बारेमा जानकारी दिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु