नमस्तेको लिलामी सेयर किन्ने आज अन्तिम दिन



काठमाडौं । नमस्ते वित्तीय संस्थाले आजको कार्यालय समय पछि सेयर लिलामी बन्द गर्ने भएको छ । कम्पनीले गत चैत २१ गते देखि हकप्रदमा नबिकेका सेयर लिलामीमा राखेको थियो ।

कम्पनीले गत पुसमा जारी गरेको १०० प्रतिशत हकप्रदमा नकिकेको ७ हजार ९ सय ५१ कित्ता सेयर लिलामीमा राखेको हो ।

यस लिलामीको इस्यु म्यानेजर एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले आजै ३ बजे अघि एनएमबि क्यापिटलको कार्यालय नक्सालमा आवेदन दिनुपर्नेछ ।

कम्पनीको अन्तिम कारोबार मुल्य ५ सय ४० रुपैंयाँ छ ।


क्लिकमान्डु