१४४ मेगावाटको कालीगण्डकी छिटो मर्मत् गराउन आयोजनास्थल पुगे कुलमान 



काठमाडौं । १ सय ४४ मेगावाट विद्युत उत्पादन क्षमताको कालीगण्डकी जलविद्युत आयोजनाको मर्मत/सम्हार छिटो गराउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्थलगत अवलोकनका लागि आयोजनास्थल पुगेका छन् ।

मुलुकमा लोडसेडिङको अन्त्य गराउने यो आयोजना ११ दिनअघिदेखि मर्मत भइरहेको छ । आगामी १० दिनभित्रमा आयोजना मर्मतको काम सक्न घिसिङले निर्देशन दिइसकेका छन् । निर्देशनअनुसार काम भए/नभएको अवलोकन गर्न उनी आयोजनास्थल पुगेका हुन् ।

यो मर्मत् सम्हारको कार्य नियमित भएको तनहुँ हाइड्रो लिमिटेडका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए ।

‘कालीगण्डकी आयोजनामा ४८ मेगावाटका ३ वटा टर्वाइन छन्, जसमध्ये एउटा टर्वाइनको मर्मत भइरहेको छ,’ गौतमले क्लिकमाण्डूसँग भने- ‘मर्मत थालेको २० दिनभित्र काम सकिने छ ।’

गत वर्ष यस्तै प्रकृतिको समस्या समाधान गर्न प्राधिकरणले ४२ दिन लगाएको थियो ।

कुल क्षमता १ सय ४४ मेगावाट भएपनि अहिले पिकिङ आवरमा ९० मेगावाट विद्युत उत्पादन भइरहेको छ । पिकिङ विद्युत आयोजनाको उपयोग र उचित व्यवस्थापन गरेर नै कुलमान देशभर लोडसेडिङको अन्त्य गराउन सफल भएका हुन् ।

नेपाल विद्युत प्राधिकरणको प्रवद्र्धनमा कालिगण्डकी आयोजना १४ वर्षखेखि सञ्चालनमा छ ।


पुष्प दुलाल