जनरल फाइनान्सको सिइओमा पहारी नियुक्त



काठमाडौं । जनरल फाईनान्स लिमिटेडले महेश्वर पहारीलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

विभिन्न बैंक तथा वित्तिय संस्थामा लामो समयसम्म काम गरिसकेका पहारीले बिज्ञान बिषयमा स्नातक र व्यवस्थापनमा स्नातकत्तोरसम्मको अध्ययन गरेका छन् ।
पहारी पोखरामा स्थापित तत्कालिन हिमचुली बिकास बैंकमा प्रमूख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । हिमचुली बिकास बैंक तत्कालिन बीरगंज फाइनान्ससंग मर्जर भएपछि बनेको एच एण्ड बी डेभ्लपमेण्ट बैंकमा नायव महाप्रबन्धक भइ कार्य गरेका थिए ।

पछि सोसाइटी डेभ्लपमेण्ट बैंक र भिवोर बिकास बैंक एक आपसमा गाभिएर बनेको भिवोर सोसाइटी डेभलपमेन्ट बैंकमा नायव महाप्रबन्धकमा कार्यरत थिए । हालै मात्र भिवोर सोसाइटी डेभ्लपमेण्ट बैंकबाट राजिनामा दिएर बाहिरिएका पहारीले जनरल फाईनान्स लिमिटेडको व्यवस्थापन हांक्ने चुनौतिपूर्ण जिम्मेवारी लिएका हुन् ।

१३ करोड २२ लाख चुक्ता पुंजी रहेको जनरल फाईनान्सलाई कतारमा कार्यरत आर. के. शर्मा, जापानमा कार्यरत रोविन्द प्रसाद श्रेष्ठ लगाएतका गैर आवासिय नेपालीहरु र व्यवसायी मिलन थापा तथा बेष्ट रेमिटसंग सम्बन्धित केहि व्यवसायीहरुको समूहले लगानी गरी आवश्यक पुँजी पुर्याएर नियमित कारोबार सुरु गरेको हो ।

कार्यकारी प्रमुखलाई स्वागत र पदबहाली गराउदै फाईनान्सका अध्यक्ष पदम न्यौपानेले २ दशक लामो ईतिहांस रहेको जनरल फाईनान्समा संस्थगत शुसासनको अभावले संस्था समस्यामा परेको जानकारी गराउदै लगानीकर्ताहरुको मनोवल उच्च बनाउदै एउटा सवल संस्था बनाउन धेरै चुनौती सामना गर्नु पर्ने भएपनि नयां व्यवस्थापन यसमा सफल हुने विश्वास व्यक्त गरे ।

गएको १ वर्ष देखि नयाँ समुहको प्रवेश गरेको फाईनान्समा नयाँ संचालक समिति गठन भई विशेष सधारणसभाले हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी २९ करोड पुर्याउने छ ।


क्लिकमान्डु